top of page
Image by Tengyart
Writer's picture ΔIO

भीरबाट जिप खस्दा चालकको मृत्यु, १४ घाइते

Updated: Nov 17, 2022


उकालोमा ब्रेक नलागेपछि भीरबाट करिब दुई सय मिटर तल खसेको जिपका चालकको मृत्यु भएको छ । म्याग्दीको बेनीबाट पर्वतको जलजला गाउँपालिका–४ मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नम्बरको डबल क्यावको बोलेरो जिप दुर्घटना भएको हो ।


दुर्घटनामा चालक जलजला–२ का ३० वर्षीय डम्मरबहादुर दमाईको मृत्यु भएको पर्वत प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए । उनका अनुसार जिपमा सवार अन्य १४ जना यात्रु घाइते भएका छन् ।


बुधबार साँझ ५ बजेतिर बेनीबाट मल्लाजका लागि छुटेको जिप करिब साढे ५ बजे दुर्घटनामा परेको हो । घाइतेमध्ये वर्ष १५ का आशीष नेपाली, वर्ष ४० की माया दमाई, वर्ष ३० का सुमन नेपाली, वर्ष १२ की सृजना परियार र वर्ष १४ का सज्जन परियारलाई म्याग्दी अस्पतालमा प्राथमिक उपचारपश्चात् कास्कीस्थित मणिपाल शिक्षण अस्पताल पठाइएको पर्वत प्रहरीले जनाएको छ ।


त्यस्तै सपना परियार, यशोधा परियार र बिनिता परियारको म्याग्दी अस्पतालमै उपचार भइरहेको प्रहरी निरीक्षक राउतले बताए । उनका अनुसार सामान्य घाइते ६ जना म्याग्दी अस्पतालमा सामान्य उपचारपश्चात् डिस्चार्ज भएका छन् |


जिप सडकदेखि करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा खस्दै गरेको जिपबाट हामफालेर ज्यान जोगाएका जलजला–२ का अजित परियारका अनुसार मल्लाजबाट बेनीतर्फ आउँदै गरेको ट्र्याक्टरलाई साइड दिनेक्रममा स्टार्ट बन्द भएर जिप चालकले रोक्न खोज्दा नरोकिएर भीरबाट खसेको हो ।

5 views0 comments

Comments


bottom of page