top of page
Image by Tengyart
Writer's picture ΔIO

पाकिस्तानलाई हराउँदै इङ्ल्यान्डले जित्यो विश्वकपको उपाधि

रुपन्देही ।

बेनस्टोक्सले अलराउन्ड प्रदर्शन गरेपछि इङ्ल्यान्डले आइतबार पाकिस्तानलाई ५ विकेटले हराउँदै आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ ।


इङ्ल्यान्डले ट्वान्टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रोपटक हो । इङ्ल्यान्डले यसअघि २०१० मा पनि उपाधि जितेको थियो । त्यसको १२ वर्षपछि इङ्ल्यान्डले ८० हजार दर्शकमाझ दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो ।

अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङका लागि निम्त्याइएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३७ रनको योगफल खडा गरेको थियो । १३८ रनको लक्ष्य इङ्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो।

7 views0 comments

Comments


bottom of page