top of page
Image by Tengyart

नेपालमा थप ८ जनामा कोरोना पुष्टि

Writer's picture:  ΔIO ΔIO

पछिललो समय नेपालमा कोरोना भाइरसको बिगबिगी बाहिरी रुपमा तेती नदेखिए तापनी पुर्ण रुपमा उन्मुलन भने अझै सम्म भएको छैन। पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ८० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



त्योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ९८५ पुगेको छ । नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ सय ३० जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।


त्यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८८ हजार २४३ पुगेका छन् ।

8 views0 comments

Comments


  • alt.text.label.Facebook

©2022 by ΔIO BLOGS.

bottom of page