विषय : सार्वजनिक बिदा सम्बन्धमा ।
सार्वजनिक बिदा सम्बन्धमा संवत् २०७९ साल मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य
निर्वाचनका सन्दर्भमा निर्वाचन कार्यक्रम अनुसार मतदानका लागि खटिने कर्मचारीहरू मिति २०७९/०८/०१ गते बिहीवार बेलुकीसम्म मतदान स्थल तथा मतदान केन्द्रमा पुगी मतदान केन्द्रको निर्माण समेत गर्नुपर्ने भएको हुँदा सो सम्बन्धमा आयोगबाट मिति २०७९/०७/२४ गते देहाय बमोजिम निर्णय भएको व्यहोरा सादर अनुरोध गर्दछु ।
आयोगबाट भएको निर्णयः
१. मिति २०७९/०८/०४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मिति २०७२/०८/०२ गते शुक्रबारदेखि मिति २०७२/०८/०४ गते आइतबारसम्म ३ दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र तोकिएका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त ३ दिनका लागि सबै विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने ।
२. प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को मतदान हुने मिति २०७२/०८/०४ गते आईतबारका दिन नेपालभर सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने ।
Source : Election Commission Nepal
Comentarios