top of page
Image by Tengyart
Writer's picture ΔIO

आजको समाचार ! चुनाव, समसामयिक, मौसम



1.निर्वाचन आयोगको निर्णय :-

महंसिर १ गते राती १२ बजेसम्म दल तथा उमेदवारहरूले प्रचार प्रसार गर्न पाउने जनाएका छ।निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको प्रभावकारी अनुगमनका लागि निर्देशन दिएको छ । विगतको तुलनामा आचारसंहिता उल्लङ्घनका घटनाहरुमा कमि आए तापनि निर्वाचनका समयमा हुन सक्ने घटना( नियम उल्लंघन ) बारेमा आयोग सचेत अनुगमनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको निर्वाचन आयोगका आयुक्त राम प्रशाद भण्डारीलें जानकारों दिनुभयो |

2. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुरोध :- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न राष्ट्रहरुमा वैदेशिक रोजगारी मा रहेका सम्पूर्ण श्रमीकहरुलाई समाप्त हुनु अगावै राम स्वीकृतिको अवधि आफू कार्यरत मुलुकबाट श्रम नविकरण (Renew) गर्न अनुरोध गरको छ | अवधि सकिएपछि श्रम स्वीकृति नविकरण नगरेको अवस्थामा कतिपय नेपालीका परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्न नपाउने देखिएको मन्त्रालयले जनएको छ। 3. भ्रस्टाचार :- अख्तीयार दुरुपयोग अनुशन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय, मानविकी सामाजिक शास्त्र शङ्‌काको डीनको कार्यलयमा अंग्रेजी विषयका विज्ञ बिनय कुमार दास र परिक्षा समितीका संयोजक विरुद्ध भ्रस्टाचारको मुद्दा जाहेर गरेको छ। उमेदवार छनौटमा अनियमीतता गरेको भन्दै उनीहरु विरुद्ध हिजो विशेष अदालत, काठमाडौं मा मुद्दा जाहेर गरिएको हो ।

4) मौसम :- आज देशका पहाडि भागमा सामान्य बदली रही प्रदेश- १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा वर्षाको सम्भावना राहेको जल वा मौसम विज्ञान विभागले जानकारी दिएको छ। आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २० - २२ ⁰C रहने अनुमान छ |


7 views0 comments

Comments


bottom of page